१. तीन दलीय गठबंधन तोड्नु पर्ने
ल कसले यानिकी कुन दल ले सहमतिबाट हात जिक्नु पर्ने होला त मलाई त लाग्छा मधेशी जनाधिकार फोरम लाई नै फाइदा छ है यदि कांग्रेस र एमाले संगको गठबंधन तोडियो र माओबादीसंग मिल्यो भने अब भन्ने सरकारमा मधेशी पार्टीका नेताहरुको मंत्री हुने संभावना बढी छ है तोडे हुन्छ है तीन पार्टीको गठबंधन| आफ्नो पार्टीबाट उपराष्ट्रपति पाइसक्नु भयो अब कांग्रेस र एमाले किन चाहियो र ?
२. दुई बर्ष सम्म सरकार गिराउन नपाइने
यो त मधेशी दलका लागि पनि फाइदा कै कुरा हो है, होइन र उपेन्द्र जी कि गच्छाधर जी लाई सोध्नु पर्ने हुन्छ?
३. निति र कार्यक्रम
खै यो चाहि के हो है मैले पनि बुझिन अहिले सम्म त कही यस्तो निति र कार्यक्रम भन्ने सब्द कुनै सरकारको पालामा सुनेको छुइन यदि तपाई हरु मिल्ने भए छ भने बूझ्ने कोशिस गरौ ल|






