Browsing Sherpa's's Archives »»
ब्लॉग अपडेट
ब्लॉग अपडेट गर्न पनि कति गाह्रो हो? के लेख्नु र अपडेट गरे पनि, राजनीति को कुरा लेखुम भने राजनीतिज्ञहरुको टाउको दुखाई हुन्छ, आफ्नो बारेमा पनि के लेख्नु? अझ जानकारी मूलक सामग्री हरुत केनै राख्नु र खै सबै मॉडल हरुको तस्बीर मात्र खोजेर हिद्छन अझ अचेल त खै के भनु………छि, भाषा संस्कृतिको बिकास गर्नु पर्छ भनेर त झन म भन्दै भन्दिन, यो हाम्रो पालोमा खाद्किने समस्य होइन पक्कै पनि, तपाई बोल्नु हुन्छ मपनि बोल्छु बाबा मम्मी पनि बोल्नु हुन्छ छोरा छोरीलाई नासिकाए पनि हुन्छ अब छोरा छोरीले त इंग्लिश पद्छन नि अझ हिंदी सीरियल र रियलिटी शो देखाएर तेसैमा पेर्फेर्क्ट बनाउनु नै उचित होला, खासै केही पनि उपलब्दी छैन शेर्पा भाषा को सम्बर्दन गरेर.
My Second Sherpa Song Album
Singing is simple!!!! seems but the fact is different. My previous album was recorded in hurry. I did not notice anything at that time after releasing i came to know there are many things to make improved. all of the songs was recorded in one or two take.
I have been trying to record my songs since last 2 months. this month is not letting me to record my songs. Oh!!!!!!!!!!! Cold, my voice turns to himesh resammiya’s haha not like that, rugha lage pachhi nakhe aawaz auchha.
Anyway friends it is almost to complete, within two weeks my album will be in the market and ofcourse I have tried some different than previous.
संस्कृति मंत्री नीति निर्माणमा ब्यस्त
संस्कृति मंत्री गोपाल खुम्बू हंगकंग भ्रमण समाप्त गरी नेपाल आइपुग्नु भाको छ| उहालाई संस्कृति मंत्रीको हैसियंतले चोमोलुंग्मा प्रतिष्ठानद्वारा आयोजित कृति लोकार्पण कार्यक्रममा निमन्त्रण गरिएको थियो| हामीले उहाकै हाम्रो संस्था प्रतिको चासोलाई मध्यनजर गरी हाम्रो भाद्र ४ गते पुर्ब निर्धारित कार्य्रक्रमलाई ११ गतेको लागि सारेका थियौ| सोलुखुम्बूबाट जननिर्बाचित अनि मंगोल मूलका मंत्री अनि हाम्रो संस्था सोलुखुम्बू जिल्लाका बिभिन्न बिधामा संलग्न रहेर,साहित्य रचना,कला र संगीत शृजन गर्ने ब्यक्तित्वहरुको संस्था हामीलाई गोपाल खुम्बू भन्दा राम्रो अतिथि अरु को हुन सकथ्यो र ? साहित्य, रचना, कला अनि गीत संगीतसंग परोक्ष सरोकार राखने मंत्रालय सम्हालेर बस्नु भएका साथै आफनै जिल्लाको मंत्री स्वभाबिक रूपमा ऊहाको उपस्थितिको अपेक्षा राख्नु र उहाबाट हाम्रो कार्यक्रमको समुध्घाटन गराउने इच्छा लिनु हाम्रो गल्ती थिएन|
मंत्रीजी देश निर्माणको कुरा गर्दै हुनुहुन्थ्यो देशको स्थिति पुनर्निमाणको गढ़ीमा छ. मंत्रीजीबाट देशको पुनर्निर्माण लाई झोड़ दिएको देख्दा मनमा एक किसिमको उमंग उठ्नु स्वभाबिक थियो| मात्र हेर्न बाँकी छ देश पुनर्निर्माणमा ऊहाको भूमिका कस्तो रहने हो, ऊहा भन्दै हुनुहुन्थ्यो हामीलाई सामाजिक कार्यक्रममा उपस्थिति हुने समय छैन| हामीसंग धेरै काम हरु छन| ब्यक्तिमा होइन नीतिमा खोज्नु पर्छ सरकारलाई| जब ब्यक्तिनै हाम्रो पक्षमा छैन भने कुन नीति हो मंत्रीजीले हाम्रो पक्षमा निर्माण गर्न लागेको ?
ऊहा बारम्बार भन्दै हुनुहुन्थ्यो हामी नीति बनाउन ब्यस्त छु, कस्तो नीति तयार हुदै छ हामी लाई पनि थाहा छ के बिकाश हुदै छ त्यों पानी थाहा छ| हामी त देशका ती संपूर्ण स्तिथिहरुबाट परिचित समुदायलाई केही छनलाई भए पनि मानसिक पीढाबाट मुक्ति दिलाउन केही साहित्य रचना र गीत संगीतहरु लिएर पुगेका थियौ गुरुकुलमा| मनमा एक किसिमको उमंग थियो खुसी थियो हाम्रो मंत्री आउनु हुन्छ, शुभकामना दिनु हुन्छ भनेर तर मंत्रीजीले त हलमा रहेका साहित्य र संगीत प्रेमी जनमानसलाई अशांता पार्ने गरि चर्को रूपमा ऊहाको समयको ब्याख्या गर्नु भयो र चरम ब्यंग्य हरुले मनमा रहेका उमंग हरु माथि एक्कासी प्रहार गर्नु भयो|
मंत्रीजीलाई हंगकंग भ्रमणमा जान फुर्सद छ, कांग्रेस र एमाले को बिरोध गर्न अनि क्रन्तिकारी पुस्तक लेख्न र पढ़ना फुर्सद छ अज बलबहादुर के शीको कुरा गर्नलाई त ऊहा संग मनग्गे समय छ सायद मंत्रीजीलाई क्रन्तिकारी पुस्तक बिमोचन गर्नु परेको भए खुलेर प्रसंशा गर्नु हुन्त्यो होला| लाग्छा हामीले पनि अब साहित्य रचना माओको पक्षमा गर्नु पर्दों हो बामपंथी कला अनि गीत संगीत हरुको रचना गर्नु पर्ला मंत्रीजीहरुको साथ मिल्न लाई, तर मंत्रीजीलाई सुझाब छ समाजमा क्रांतिका मात्रै कुरा हुदैनन, शान्तिका कुरा हुन्छन्, मायाका कुरा हुन्छन् , क्रांति मात्र समाज रूपांतरणका अंग होइन| रातो मात्र रंग हुदैन|
मंत्रीजी भन्दै हुनुहुन्त्यो ऊहा अब राष्ट्रको मंत्री हो सारा राष्ट्रलाई हेर्नु पर्छ. खुसी लाग्यो कोही त छ जसले आफुलाई कुनै जिल्ला र जाती बिशेषको मंत्री नठानी पुरै राष्ट्रको लागि काम गर्न लागेको छ, तर सायद मंत्रीजीलाई एउटा कुराको हेक्का छैन होला तपाई त्यहा पुग्नुमा सोलू बासिको ठुलो हात छ| तपाईको एकलौती सोचले देश स्विट्जरलैंड हुदैन र तपाईको हामी मतदाता प्रतिको अनास्थाले तपाई धेरै समय राष्ट्रको सेवा गर्ने मौका पनि पाउनु हुन्न| तपाईलाई थाहानै छ ब्यक्ति चरित्रले गर्दा बलबहादुर के शी पक्षको मत तपाईको पोल्टोमा परेको कुरा, तपाई एक्चोटीको जीतले २ बर्ष मा देश लाई स्वर्ग बनाउने दिवा स्वप्न देख्दै हुनु हुन्छ र तपाईको सपनामा त्यों महत्वकांछाले तुषारापात पनि गर्दै छ| हामी अग्रगमनको बिपक्षमा छैनौ तर समाजका बिभिन्न अंगहरु लाई एक साथ नसेमेटी एक्लौती नीति लेखन तम्सिनु मुर्खता हुन सक्छ|
आज तपाईलाई आफ्नै गृह जिल्लाका साथीहरुको कार्यक्रममा उपस्थिति हुनलाई तेति गाह्रो पर्यो , यो हामी तपाईका प्रसंसकहरुका लागि खुसीको कुरा भएन| सायद गाह्रो हुन्थ्यो १ ब्यक्तिको कार्यक्रम भैदिएको भए , १ वाटा मात्र कृति भैदिएको भए या एक जातीको कार्यक्रम भैदिएको भए तर त्यों समग्र सोलुबासीहरुको कार्यक्रम थियो आधा दर्जन भन्दा बड़ी कृतिहरु एकै साथ लोकार्पण हुदै थियो बिभिन्न जातीका कृतिहरु थिए| समग्रमा जनजातिहरुको मिस्स्रित कृतिहरु थिए| हिजो सम्म मंत्रीजीहरु जातीय स्वात्तताको कुरा गरेर हिदथे आज तिनै जातीहरुको उत्थानका लागि प्रकाशित कृतिहरुका पक्षमा १ घंटा समय दिन पुरै जहाज डूबेको आभाष गराउछ मंत्रीजीका भाषण हरुले|
चोमोलुंग्मा प्रतिष्ठान सोलू बासी कलाकार, साहित्यकार, गीतकारहरुको समूह हो जसले आफ्नो स्थापना कालको पहिलो सालमा नै ६ वाटा भन्दा बढ़ी कृतिहरु प्रकाशित गरेका छन|
हामी लाई अतिथिको कमी थिएन तर आफ्नो जिल्लाको मंत्री तेहि माथि संस्कृति मंत्री उहालाई हाम्रो कदमको बारेमा केही जानकारी दिउ साथै मंत्रीजीबाट हामीलाई हुन सक्ने सहयोगको अपेक्षाको साथ हामी उहाको उपस्तिथि चाहन्थें| तर हामीलाई थाहा भयो उहा अब देश को मंत्री हुनु भाको रहेछ नाकि हामी सोच्थेऊ हाम्रो मंत्री भनेर कुवाको भ्यागुताले कुवालाई नै संसार देख्छ भन्थे तर आज हाम्रो मंत्रीजीले त कुवाबाट बाहिर निस्केपछि त कूवालाई नै बिर्सेर ठुलो राज्य नै देख्नू भाको रहेछ सिंगो राज्य पुनर्संरचनामा ठुलो योगदान दिन लाग्नु भाको रहेछ कला, संस्कृति, साहित्य अनि गीत संगीत देशका लगी केही पनि होइनन, देशका लागि केही हो भने मंत्रीजीका उग्र भाषण गर्ने समय अनि उहाहरुको आपसी किचालो जो देश निर्माणमा निरंतर बिबादको चरम सीमामा पुगेर आखिरी टुप्पो न फेदका निर्णयमा अल्जी रहेका हुन्छन्|

Advertisement
Feeds
Daily Archives
- July 3, 2009
- April 29, 2009
- April 23, 2009
- February 3, 2009
- December 10, 2008
- November 18, 2008
- November 2, 2008
- September 29, 2008
- September 17, 2008
- September 11, 2008
- September 8, 2008
- August 26, 2008
- August 4, 2008
- July 28, 2008
- July 25, 2008



